PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

लिभरपुलले एभर्टनलाई हरायो



पहिलोपोस्ट

लिभरपुलले एभर्टनलाई हरायो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले एभर्टनलाई हराएको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले एभर्टनमाथि २-० गोलअन्तरले जित निकालेको हो।

खेलको ३६ औं मिनेटमा डार्विन नुनेजको पासमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। दोस्रो हाफमा कोडी गाक्पोले अर्को गोल थपे। उनले खेलको ४९ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका थिए।

जितसँगै अंकतालिकाको नवौँ स्थानमा उक्लिएको छ। उसले २१ खेलबाट ३२ अंक जोडेको छ। त्यस्तै समान खेलबाट १८ अंक जोडेको एभर्टन तालिकाको १८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell