काठमाडौँ: नेपाली क्रिकेट टोलीले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्।
क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया आमनेसामने हुन लागेका हुन्।
नेपाल र नामिबिया एकदिवसीय क्रिकेटमा चारपटक आमनेसामने हुँदा नेपालले हालसम्म जित निकाल्न सकेको छैन। नामिबियाले तीन पटक जित निकाल्दा एउटा खेल नतिजाविहीन बनेको छ।
नेपाली टोली
रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, मोहम्मद आशिफ शेख, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल