PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सार्वजनिक यातायात चलेनन्, गन्तव्यमा त पुग्नै पर्‍यो !

सार्वजनिक यातायात चलेनन्, गन्तव्यमा त पुग्नै पर्‍यो !

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : यातायात मजदुर संगठनहरुले विभिन्न माग राखेका आज काठमाडौं उपत्यकामा सवारी संचालन ठप्प पारेका छन्। ट्राफिक नियमको विरोध गर्दै सुरु भएको आन्दोलनले हिजो उग्र रुप लिएको थियो। यातायात मजदुरहरुको प्रदर्शनसँगै बालाजु-गोङ्गबु क्षेत्रमा तोडफोड र लुटपाट भएको थियो।

आज भने मजदुर संगठनले सवारीसाधन संचालन ठप्प पारेका हुन्। जसकारण उपत्यकामा सार्वजनिक यातायातका सवारीसाधन चल्न सकेका छैनन्। केही संख्यामा मात्रै सवारीसाधन चलेका छन्। निजी सवारी साधन भने निर्वाध रुपम संचालनमा छन्।

सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरुलाई सास्ती भएको छ। गन्तव्यमा पुग्न नपाउँदा उनीहरु बिच बाटोमै बिचल्लीमा परेका छन्।   अस्पताल हिँडेका सर्वसाधरण बढी मर्कामा परेका छन्। यस्तै, कार्यालय पुग्न निस्किएका यात्रुहरु गाडी नचल्दा हिँडेरै यात्रा गर्न बाध्य भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell