PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

यातायात मजदुरले फिर्ता लिए बन्द, चल्ने भयो सार्वजनिक सवारीसाधन



पहिलोपोस्ट

यातायात मजदुरले फिर्ता लिए बन्द, चल्ने भयो सार्वजनिक सवारीसाधन

काठमाडौं : यातायात संगठनका मजदुरले सार्वजनिक यातायात बन्द र आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसंग वार्तापछि बन्द फिर्ता लिन सहमत भएका हुन्।

‘उहाँहरु बन्द फिर्ता लिन सहमत हुनु भएको छ। अहिले सम्झौताको ड्राफ्ट बन्दैछ।,’ मन्त्रालयका एक अधिकारीले भने,’एक छिनमा सम्झौता हुन्छ। बन्द फिर्ता भइसक्यो।’

उनका अनुसार सवारी जलाउने, ल्होत्से बहुउदेश्यीय संस्थाको भवनमा तोडफोड गरेर मोबाइल लगायका सामान चोरी,डकैतीमा व्यक्तिहरुलाई कारबाही प्रक्रिया अघि बढाइनेछ।  

यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा अहिले यातायात क्षेत्रमा  देखिएका समस्याहरु समाधानका लागि कमिटी बनेको छ। उक्त कमिटीले मंगलबारबाटै काम थाल्ने र यहि फागुन ११ गतेभित्र प्रतिवेदन दिनेछ। उक्त प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सहमति हुन लागेको बताइएको छ।

नयाँ बसपार्कको विवाद समाधानका लागि ल्होत्से बहुउदेश्यीयका प्रतिनिधी, यातायात मजदुर, व्यवसायी, यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिकाका प्रतिनिधी सहितको बैंठक बसेर टुङग्याउने सहमती गर्न लागिएको छ।

यातायात मजदुर संगठनहरुले विभिन्न माग काठमाडौं उपत्यकामा सवारी आवागमन ठप्प पारेका छन्। ट्राफिक नियमको विरोध गर्दै सुरु भएको आन्दोलनले सोमबार उग्र रुप लिएको थियो। यातायात मजदुरहरुको प्रदर्शनसँगै बालाजु-गोंगबु क्षेत्रमा तोडफोड र लुटपाट समेत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell