PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

लिन्गेनको शतकमा नामिबियाले नेपाललाई दियो २ सय ८६ रनको विशाल लक्ष्य, करणले लिए पाँच विकेट



पहिलोपोस्ट

लिन्गेनको शतकमा नामिबियाले नेपाललाई दियो २ सय ८६ रनको विशाल लक्ष्य, करणले लिए पाँच विकेट
फाइल फोटो: क्यान

काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको हो।

नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय ३३ रन बनाए। त्यस्तै कप्तान गेहर्राड इरसमसले ५६ रन बनाउँदा जेन ग्रीनले ३४ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell