PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दिल्लीस्थित बीबीसीको कार्यालयमा आयकर विभागको छापा, कांग्रेसले भन्यो : अघोषित आपतकाल



पहिलोपोस्ट

दिल्लीस्थित बीबीसीको कार्यालयमा आयकर विभागको छापा, कांग्रेसले भन्यो : अघोषित आपतकाल
फोटो : ANI

भारतको नयाँ दिल्लीस्थित कार्यालयमा आयकर विभागले छापा मारेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार विभागको ६० – ७० जनाको टोली बीबीसीको कार्यालयमा पुगेको हो।

बीबीसीको कार्यालयमा काम गर्ने कर्मचारीको मोबाइल बन्द गरिएको बताइएको छ। यसैगरी यो कार्यालय परिसरमा जान पनि रोक लगाइएको बताइएको छ।

आयकर विभाग स्रोतका अनुसार बीबीसीमाथि अन्तर्राष्ट्रिय कर गडबडीको आरोप छ। विभागको दाबी छ - यही विषयमा सर्भे गर्न छापा मारेको हो। यसबारेमा बीबीसी र विभाग दुबै पक्षबाट पुष्टि भने हुन सकेको छैन।

यता भारतीय कांग्रेसले भने ट्वीटरबाट अघोषित आपातकाल शुरुभ भएको जनाएको छ। 'बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्बन्धी डकुमेन्ट्री ल्याएपछि भारतले प्रतिबन्ध लगाएको थियो। अहिले बीबीसीलाई छापा हान्यो,' कांग्रेसले भनेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell