PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

कुशल भुर्तेलको अर्धशतक, लय समात्दै नेपालको ब्याटिङ



पहिलोपोस्ट

कुशल भुर्तेलको अर्धशतक, लय समात्दै नेपालको ब्याटिङ
तस्बिर: क्यान

काठमाडौँ: नामिबिया र नेपालबीच जारी खेलमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। विश्वकप लिग २ अन्तर्गत कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा ओपनर भुर्तेलले २१.१ ओभरमा ५१ बलमा २ छक्का र ४ चौकाको सहायतामा अर्धशतक पुरा गरे।

२१ औँ ओभरको समाप्तिसम्म नेपालको स्कोर २ विकेटको क्षतिमा १२२ रन छ।

नेपालका ओपनर आशिफ शेख शुन्य रनमै आउट हुँदा ज्ञानेन्द्र मल्लले २५ रन बनाए। अहिले क्रिजमा भुर्तेल र अर्धशतकको नजिक रहेका कप्तान रोहित पौडेल छन्।

२८६ रनको लक्ष्य

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको छ।

नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय ३३ रन बनाए। त्यस्तै कप्तान गेहर्राड इरसमसले ५६ रन बनाउँदा जेन ग्रीनले ३४ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell