PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

एकदिवसीय अन्तर्राष्ट्रियमा कुशल भुर्तेलको पहिलो शतक



पहिलोपोस्ट

एकदिवसीय अन्तर्राष्ट्रियमा कुशल भुर्तेलको पहिलो शतक
Photo: CAN

काठमाडौँ: कुशल भुर्तेलले नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका छन्र। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ९९ बलमा ९ चौका र ४ छक्काको सहायतामा शतक पुरा गरेका हुन्। पारस खड्का, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलपछि भुर्तेल एकदिवसीयमा शतक पुरा गर्ने चौथो नेपाली खेलाडी हुन्।

नेपालका ओपनर आशिफ शेख शुन्य रनमै आउट हुँदा ज्ञानेन्द्र मल्लले २५ रन बनाए। त्यस्तै कप्तान रोहितकुमार पौडेलले ७२ रन बनाउँदा कुशल मल्लले ६ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए।

क्रिजमा अहिले भुर्तेल र सुन्दीप जोरा छन्। ४१.१ औं ओभरमा नेपालले ५ विकेट गुमाएर २३४ रन बनाएको छ।

२८६ रनको लक्ष्य

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको छ।

नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय ३३ रन बनाए। त्यस्तै कप्तान गेहर्राड इरसमसले ५६ रन बनाउँदा जेन ग्रीनले ३४ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell