PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबिच शिष्टाचार भेट, के-के भयो कुराकानी?



रासस

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबिच शिष्टाचार भेट, के-के भयो कुराकानी?
फोटो : माधव कुमार नेपालको सचिवालय

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबिच शिष्टाचार भेटवार्ता भएको छ। विदेश सचिव क्वात्राले कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा पुगेर मंगलवार भेटवार्ता गरेका हुन्।

भेटमा दुवै मुलुकबिचको सम्बन्धलाई बलियो बनाउन द्विपक्षीय हित र चासोबारे उनीहरुबिच कुराकानी भएको थियो। भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

सोमवार बिहान काठमाडौं आइपुगेका क्वात्राले अघिल्लो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेतासँग भेट गरिसकेका छन्।

दुई दिनका लागि नेपाल भ्रमणमा रहेका सचिव क्वात्रा काठमाडौं आएलगत्तै दुई देशबिच परराष्ट्र सचिवस्तरीय वार्तासमेत भएको थियो। उनी मंगलवार नै स्वदेश फर्किने कार्यक्रम छ। यसअघि क्वात्रा नेपालका लागि भारतीय राजदूत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell