PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

'जेरी २' को थिम पोस्टर सार्वजनिक



पहिलोपोस्ट

'जेरी २' को थिम पोस्टर सार्वजनिक

काठमाडौं : अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा झोला बोकेका एक युवकलाई लौरी टेकेर यात्रामा हिँडिरहेको देख्न सकिन्छ। 

फिल्ममा पुर्णिका सिजापतीको पनि मुख्य भुमिका रहनेछ। हेमराज बिसी निर्देशित यो फिल्म सन् २०१४ मा रिलिज भएको हिट फिल्म ‘जेरी’को सिक्वेल हो। सो फिल्ममा पनि आना र अनमोलको मुख्य भूमिका थियो।

फिल्ममा अभिनय गर्ने अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसन समेत गरेको थियो। अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माण हुने ‘जेरी अन टप’ मा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको लगानि रहनेछ।

फिल्मको कथा, पटककथा तथा संवाद निर्देशक बिसी र विश्वास तिमसिनाले लेखेका हुन्। अस्ट्रेलिया, अमेरिका र सगरमाथा आसपास क्षेत्रमा फागुन अन्तिम साताबाट यस फिल्मको छायाङ्कन सुरु हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell