PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

च्याम्पियन्स लिग: पीएसजी र टोटनहमको पराजय



पहिलोपोस्ट

च्याम्पियन्स लिग: पीएसजी र टोटनहमको पराजय
Photo: Reuters

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको छ। घरेलु मैदान पार्क डी प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजी ०-१ गोलले पराजित भएको हो।

पीएसजीलाई हराउन बायर्नका किंग्सले कोमनले निर्णायक गोल गरे। उनले खेलको ५३ औं मिनेटमा अल्फेन्सो डेभिडको पासमा गोल गरेका थिए। अर्कोतर्फ घरेलु टोलीका नेइमारले  ८३ औं मिनेटमा गरेको गोल रेफ्रीले भीएआरको सहायतामा अफसाइड करार दिएका थिए। खेलको इन्ज्युरी समयमा बेन्जामिन पभार्डले दोहोरो पहेँलो कार्ड ब्यहोर्दा बायर्न १० खेलाडीमा समेटिएको थियो। दोस्रो लेगमा पीएसजी र बार्यन मार्च ८ मा जर्मनीमा आमनेसामने हुनेछन्।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा इङ्ग्लिस क्लब टोटेनहम हट्स्पर इटालियन क्लब इन्टर मिलानसँग पराजित भयो। सन सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले टोटेनहमसँग १-० गोलको कठिन जित निकालेको हो। एसी मिलानको जितमा ब्राहिम डियाजले निर्णायक गोल गरे। उनले खेलको ७ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए।

दोस्रो लेगमा यी दुई टोली मार्च ८ मा लण्डनमा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell