PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा, प्रदेशमा आज सार्वजनिक बिदा



पहिलोपोस्ट

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा, प्रदेशमा आज सार्वजनिक बिदा

बुटवल : लुम्बिनी प्रदेश सरकार स्थापना भएको बुधवार पाँच वर्ष पूरा भएको छ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

२१ चैत २०७८ को लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्थापना दिवस दाङको राप्ती उपत्यका (देउखुरी)मा भव्य रुपमा मनाउने तयारी गरिएको छ। सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell