PahiloPost

Mar 27, 2023 | १३ चैत्र २०७९

सरकारले रकम भुक्तानी नगरेको भन्दै निःशुल्क डायलासिस रोक्ने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको निर्णय



रासस

सरकारले रकम भुक्तानी नगरेको भन्दै निःशुल्क डायलासिस रोक्ने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको निर्णय

काठमाडौं : गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निःशुल्क डायलासिस सेवा बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकारले विपन्न नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क डायलाइसिस वापतको रकम २०७९ श्रावण देखि हालसम्म भुक्तानी नगरेका कारण सेवा बन्द हुने अस्पतालले जनाएको छ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र अस्पतालद्वारा गैरनाफामूखी रुपमा संचालित पाल्पा सामुदायिक डायलाइसिस सेन्टर, लमही सामुदायिक डायलाइसिस सेन्टर र वालिङ सामुदायिक डायलाइसिस सेन्टरबाट मृगौला रोग लागि नियमित डायलासिस गराई रहेका बिरामीहरुलाई निःशुल्क डायलाइसिस सेवा प्रदान हुँदै आएको थियो।

सरकारले रकम भुक्तानी नगरेका कारण डायलाइसिसका लागि आवश्यक सामान आयात गर्न र कर्मचारीको तलब भुक्तानीमा समस्या भएको भन्दै अस्पतालले २०७९ फागुन १५ गते सोमवारदेखि अर्को सूचना नभए सम्मका लागि शाखाहरुबाट निःशुल्क डायलाइसिस सेवा बन्द गर्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell