PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

आर्टमाण्डूको ‘सुनाखरी’ मा वृद्ध जोडीको प्रेम कथा



पहिलोपोस्ट

आर्टमाण्डूको ‘सुनाखरी’ मा वृद्ध जोडीको प्रेम कथा

काठमाडौं : आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म ‘सुनाखरी’ सार्वजनिक भएको छ। आर्टमाण्डूको युट्युब च्यानलमार्फत् प्रणय दिवसको अवसरमा म्युजिकल फिल्म सार्वजनिक गरिएको हो।

गीतकार हर्क साउदको शब्द रहेको गीतमा उज्ज्वल सागर र विद्या तिवारीको स्वर सुन्न सकिन्छ। त्यसैगरि, गीतमा उज्ज्वल स्वयमले सङ्गित भरेका छन। म्युजिकल फिल्मको निर्देशन नवीन चौहानले गरेका छन्।

सुनाखरी’ एक वृद्ध जोडीको प्रेमको कथा हो। भिडियोमा कुमार राई र कुशमाया राईको अभिनय छ। उनीहरू ‘नन् एक्टर’ हुन्। वृद्ध उमेरमा एक्लै रहेका दम्पती एकअर्काको भरमा रहेका उनीहरूको प्रेमलाई फिल्ममा प्रस्तुत गरिएको छ।

चौहानको निर्देशनमा केही समयअघि आर्टमाण्डूबाट ‘चन्द्रमा’ सार्वजनिक भएको थियो। यसअघि आर्टमाण्डूबाट निर्माण भएका ‘के माया लाग्छ र’, ‘तीनपाते’, ‘घुमीघुममी’ ‘बाफ’ लगायत थुप्रै म्युजिकल फिल्म लोकप्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell