PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

म्याद सकिएका बियर पुग्छन् भोजभतेर तथा रात्रिकालीन रेस्टुरेन्टमा!



पहिलोपोस्ट

म्याद सकिएका बियर पुग्छन् भोजभतेर तथा रात्रिकालीन रेस्टुरेन्टमा!

काठमाडौं : म्याद सकिएका विभिन्न ब्रान्डका बियरहरू बजारमा बिक्रि भइरहेको पाइएको छ। सूचना आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले मंगलवार छापा मारेको थियो।

छापा मार्दा धुम्बराईस्थित याक ब्रुअरी कम्पनीबाट उत्पादित बियर कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको गोदाममा फेला परेको थियो। तीन वटा गोदामबाट २१ सय कार्टुन बियर बरामद गरेको विभागले जानकारी दिएको छ।

६५० मिलिलिटर र ३ सय ३० मिलिलिटरको बजार मूल्य ६० लाख रुपैयाँ पर्ने बियर बरामद गरेको हो। यस्ता म्याद गुज्रिएका बियर पार्टी, भोजभतेर र रात्रिकालीन रेष्टुरेन्टहरुमा प्रयोग हुने गरेको सूचना आएको थियो।

त्यस्तै, केही साता अगाडि प्रहरीले पनि नक्कली रक्सी बनाउने कारखानामा छापा मारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell