PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा आज सार्वजनिक बिदा



पहिलोपोस्ट

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा आज सार्वजनिक बिदा

बुटवल : लुम्बिनी प्रदेश सरकार स्थापना भएको आज पाँच वर्ष पूरा हुँदैछ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

२०७८ साल चैत्र ११ गतेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्थापना दिवस दाङको राप्ती उपत्यका (देउखुरी)मा भव्य रुपमा मनाउने तयारी गरिएको छ। सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell