PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

संसदमा उठ्यो बालाजु-गोङ्गबु क्षेत्रमा भएको लुटपाट र तोडफोडको मुद्दा, पीडित व्यवसायीलाई क्षतिपूर्ति दिन माग



पहिलोपोस्ट

संसदमा उठ्यो बालाजु-गोङ्गबु क्षेत्रमा भएको लुटपाट र तोडफोडको मुद्दा, पीडित व्यवसायीलाई क्षतिपूर्ति दिन माग

काठमाडौं : नेपाली कांग्रेसले गोङ्गबु-बालाजु क्षेत्रमा भएको हुलदंगाको जिम्मेवारहरुलाई कारवाही गर्नुपर्ने बताएका छन्। कांग्रेस सांसद प्रकाशशशण महतले संसदमा समय लिँदै अराजकता फैलाउनेहरुलाई कारवाही हुनुपर्ने बताएका छन्।

उनले मजदुरहरुको जायज माग पूरा हुनुपर्ने पक्षमा आफूहरु रहे पनि मजदुरको नाममा अराजकतालाई बढावा दिन नसकिन बताए।

महतले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै सरकारलाई शान्ति सुरक्षा कायम गर्न तर्फ ध्यान दिन आग्रह पनि गरेका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता विराजभक्त श्रेष्ठले पनि गोङ्गबु- बालाजु क्षेत्रमा भएको तोडफोड र लुटपाटमा संलग्न भएकालाई कारवाही गर्न माग गरे। उनले पनि सरकारसमक्ष शान्ति सुरक्षा कायम गर्न माग गरे।

यस्तै, अन्य सांसदहरुले पनि तोडफोडमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरे। उनीहरुले लुटपाटबाट मर्कामा परेका व्यवसायहरुलाई क्षतिपूर्ति दिन पनि माग गरे।

सोमबार यातायात मजदुरहरुले गरेको विरोध प्रदर्शन उग्र बनेको थियो। त्यसक्रममा उनीहरुले प्रहरीको भ्यान जलाउनुका साथै पसलमा लुटपाट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell