काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन्।
आज पोखरामा आयोजित कार्यक्रममा नेपालले भने, 'लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ।'
नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो। सहमति नभएसम्म आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार नदिने अध्यक्ष नेपालले बताए।
उनले देशको राजनीतिक अवस्था तरल भएको भन्दै भने, 'देशमा राजनीतिक तरलता देखिएको छ, राजनीतिक अवस्था कता जाने हो हेर्दै जाऔं।'
आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने पनि उनले बताए। कम्युनिष्टबिच एकता गरि बलियो मोर्चा बनाउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लागयतका विभिन्न नेता तथा पार्टीसँग कुराकानी भइरहेको पनि उनले बताए।