PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

नयाँ बसपार्क घटनाबारे कांग्रेस प्रवक्ता महत : सरकारले शान्तिसुरक्षाको कुनै प्रत्याभुति दिन सकेन



पहिलोपोस्ट

नयाँ बसपार्क घटनाबारे कांग्रेस प्रवक्ता महत : सरकारले शान्तिसुरक्षाको कुनै प्रत्याभुति दिन सकेन

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राजधानीको नयाँ बसपार्कमा दिनदहाडै लुटपाट मच्चिँदा सरकारले शान्तिसुरक्षा दिन नसकेको आरोप लगाएका छन्। सोमबार नयाँ बसपार्कमा ल्होत्से मलमा लुटपाट मच्चिएको थियो।

'नयाँ बसपर्कमा जुन किसिमको घटना भयो त्यसले हामी सबैलाई गम्भीर बनाएको छ। सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,' प्रवक्ता महतले भने, 'प्रधानमन्त्री स्वयं प्रशासनको जिम्मेवाहरुमा हुनुहुन्छ। साना व्यवसायी छन्। मोबाइल पसलहरु छन्। अन्य पसलहरु छन्। दिनदहाडै लुटपाट मच्चिन्छ।'

महतले राजधानीमै यस्तो कमजोर सुरक्षा व्यवस्था छ भने दुरदराजको शान्तिसुरक्षामाथि प्रश्न उठ्ने बताए। 'काठमाडौंको मुटुमै शान्तिसुरक्षाको प्रत्यभूति सरकारले दिन सक्दैन भने दुरदराजमा बस्ने नागरिकको हालत के हुन सक्दछ?' महतले प्रश्न गरे।

महतले मजदुरको माग पुरा हुनुपर्ने धारणा राख्दै मजदुरको नाममा कसले त्यस्तो उच्छ्रृंखल व्यवहार गरेको हो भनी प्रश्नसमेत गरे। 'शान्तिसुरक्षाको कुनै प्रत्याभुति दिन सकेन

हामी मजदुरको तमाम माग पुरा हुनुपर्दछ। बसपार्क व्यवस्थापन हुनुपर्दछ। व्यवस्थित होस्। हामी त्यही चाहन्छौ,' उनले भने, 'मजदुरकै नाममा को त्यहाँ प्रवेश गरेका छन्। कसको प्रोत्साहित गरेका छन्। किन त्यस्तो भइरहेको छ। भिडियो फुटेज आइरहेको छ। तत्कालै दोषीहरुलाई कारबाही हुन जरुरी छ।'

दोषीलाई शीघ्र कारवाही नभए समाजमा अराजकता बढ्नेसमेत उनको भनाई थियो। 'कलप्रिट को हुन्? मजदुरको नाममा गैरमजदुर गरेका हुन् कि विभिन्न शक्तिको आडमा प्रवेश गरेका छन्। यसको निष्पक्ष छानबिन होस्। तत्कालै परिणाम आउने गरी काम होस्,' महतले भने, 'हैन भने देशभर अराजक प्रवृत्ति फैलिने डर छ। सरकार त्यसतर्फ सचेत होस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell