PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सांसद श्रेष्ठको प्रश्न : बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो?



पहिलोपोस्ट

सांसद श्रेष्ठको प्रश्न : बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरिएकोप्रति संसद्मा प्रश्न उठाएकी छन्।

बुधवार जारी प्रतिनिधिसभाको बैठकमा सांसद श्रेष्ठले एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो? भन्दै प्रश्न गरेकी हुन्। यही प्रकरणका कारण पीडितहरुलाई झनै ठूलो मानसिक अवस्थामा धकेल्ने जोखिम बढेको उनको भनाइ थियो।

उनले भनिन्, ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो? यही प्रकरणका कारण पीडितहरुलाई झनै ठूलो मानसिक अवस्थामा धकेल्ने जोखिम बढेको छ। आरोप लगाएको व्यक्तिले राष्ट्रको प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला?’

न्यायपालिकाको काम चुस्त दुरुस्त र पारदर्शी हुनुपर्ने भन्दै उनले यो सबैको पहुँचमा हुनुपर्ने बताइन्। त्यसो नगर्दा समाज कानुनी मुद्दामा पनि विभाजित हुन थालिसकेको उनको टिप्पणी थियो।

‘सन्दीप लामिछानेको मुद्दा हेरौँ, त्यो कहिलेसम्म छिनोफानो गर्छौँ। यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो? राष्ट्रको प्रतिनिधित्व भएको व्यक्तिको यति ठूलो मुद्दालाई सानो बनाउन मिल्ला?’ उनले प्रश्न गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell