PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

संसदमा विश्वप्रकाशले ४ विषयमा गराए ध्यानाकर्षण : दल, मिडिया र समाजलाई गम्भीर विमर्श गर्न अपिल



पहिलोपोस्ट

संसदमा विश्वप्रकाशले ४ विषयमा गराए ध्यानाकर्षण : दल, मिडिया र समाजलाई गम्भीर विमर्श गर्न अपिल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा चौतर्फी रुपमा ४ विषयमा छलफल हुनुपर्ने धारणा राखेका छन्। बुधवार संसदमा आफ्नो धारणा राख्दै शर्माले ४ विषय उठान गरेका हुन्।

केही समयअघि संसद भवनअघि आत्मदाह गरेका प्रेम आचार्यको गाउँ इलाम पुगेर आइपुगेको प्रसंग उल्लेख गर्दै शर्माले आत्महत्या केवल मृत्युमात्र हुन नसक्नेसमेत उल्लेख गरेका छन्।

'म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको घरमा! माघ १० गते बानेश्वरको सडकमा उहाँले आत्मदाह गरेको दृश्य यो संसदको स्मृतिमा पक्कै ताजै छ,' शर्माले भने, 'नेपाल प्रहरीको तथ्यांक भन्छ - आत्महत्याको दर यो दशकमा

 ७८% ले वृद्धि भएको छ। सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु। भोग्ने परिवारका लागि पिडाको आकार बेहिसाब छ।'

यस्तो अवस्थामा दलहरु, मिडिया र समाजलाई शर्माले चार विषयमा गम्भीर छलफल गर्नसमे आग्रह गरे। 'मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेश बिचको असन्तुलन आत्महत्याको मुख्य कारण निस्चय नै हुन्। तर असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनैतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छl राजनीतिमा रुपान्तरण, सामाजिक विसंगतिहरुको अन्त्य,  झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्य,' शर्माले भनेका छन्, 'यी ४ गहन बिषयमा गम्भीर रास्ट्रीय विमर्श जरुरी छl सम्माननिय सभामुख महोदयमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपील गर्दछु!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell