PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

आफन्तलाई सदनमा प्रवेश गर्न नदिएपछि कांग्रेसले गर्‍यो मधेशप्रदेश सभा बैठक अवरुद्ध



पहिलोपोस्ट

आफन्तलाई सदनमा प्रवेश गर्न नदिएपछि कांग्रेसले गर्‍यो मधेशप्रदेश सभा बैठक अवरुद्ध

काठमाडौं : नेपाली कांग्रेसका सांसदहरुले मधेश प्रदेशसभाको आजको बैठक अवरुद्ध गरेका छन्। प्रदेशसभा बैठक सुरु हुने बित्तिकै सांसदहरुले उठेर सदन चल्न नदिने बताएका हुन्।

प्रदेशसभा सदस्यहरूले बोलाएका आफन्तहरूलाई सदन भित्र छिर्न नदिने भएपछि प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरिएको कांग्रेसका प्रदेशसभा सदस्य शेषनरायण यादवले जानकारी दिए।

कांग्रेसले प्रदेशसभा अवरुद्ध गरेपछि बैठक स्थगित गरिएको छ। अर्को बैठक १० मिनेटपछि बस्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell