PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कायममुकायम प्रधानन्यायाधीशको भरमा सर्वोच्च चलेको भन्दै केसीको प्रश्न : महाभियोग प्रस्ताव के भयो?  



पहिलोपोस्ट

कायममुकायम प्रधानन्यायाधीशको भरमा सर्वोच्च चलेको भन्दै केसीको प्रश्न : महाभियोग प्रस्ताव के भयो?  

काठमाडौं : एक वर्षदेखि कामूका भरमा सर्वोच्च अदालत सञ्चालन भइरहेकामा सरकारको ध्यान जानुपर्नेमा नेपाली कांग्रेस सांसदले जोड दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाअभियोगको प्रस्तावमा के भइरहेको छ भनी प्रश्न गरेका थिए।

संसद्मा भएका कानुन अर्को अधिवेशनमा निष्क्रिय हुने, तर महाअभियोगका विषयमा संविधान र प्रतिनिधिसभा नियमावलीमा कुनै कुरा उल्लेख नभएकाले सर्वोच्चको अन्तरिम आदेशका आधारमा पेस गर्न सांसद केसीले माग गरे।

अहिलेको जसरी महाअभियोगलाई तरबार झुन्ड्याए जसरी राख्नु कानुनको उपहास र संविधानवादको विरुद्धमा भएकाले यसलाई टुङ्गोमा पुर्‍याउन उनले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell