PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेपाल टेलिकमको नेटवर्क फेरि डाउन



पहिलोपोस्ट

नेपाल टेलिकमको नेटवर्क फेरि डाउन

काठमाडौं : नेपाल टेलिकमको नेटवर्क फेरि अवरुद्ध भएको छ। आज दिउँसो २ बजेदेखि टेलिकमको नेटवर्क पूर्ण रुपमा डाउन भएको हो। एक महिना अघि पनि घण्टौंसम्म टेलिकमको नेटवर्क डाउन भएको थियो।

दशक पुरानो ‘आउटडेटेड बिलिङ सिस्टम’ परिवर्तन नगर्दा टेलिकमको नेटवर्क पटकपटक डाउन हुँदै आएको छ। बुधबार पनि थोत्रो बिलिङ प्रणालीका कारण टेलिकमको फोन, एसएमएस र डेटा सेवा चलेका छैनन्। जसका कारण थुप्रै ग्राहकहरु प्रभावित भएका छन्।

टेलिकमले सेवा अवरुद्ध भएको बारे औपचारिक जानकारी गराएको छैन। 

प्रविधिमा अनेकौं रुपान्तरण भइसक्दा पनि बिलिङ प्रणाली पुरानै भएकाले सेवामा निरन्तर अवरोध आइरहेको छ। बिलिङ प्रणाली आउटडेटेड हुँदासमेत टेलिकम व्यवस्थापन नयाँ प्रतिस्थापन गर्ने 'मुड'मा छैन। किनकि टेलिकम नेतृत्व नयाँ बिलिङ प्रणाली ल्याउनु भन्दा पुरानै प्रणाली टालटुल गरेर चलाउँदा हितकर मानिरहेको छ।

जसका कारण महिना दिनमा दोस्रोपटक टेलिकमको सेवा अवरुद्ध हुन पुगेको छ। माघ ३ गते पनि बिलिङ प्रणालीमा आएको समस्या टालटुल गरेरै सेवालाई नियमित गरिएको थियो। यसैको असर बुधबार पनि देखिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell