PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’को अनुसन्धान सकियो, १२ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझायो



पहिलोपोस्ट

नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’को अनुसन्धान सकियो, १२ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझायो

काठमाडौं : प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाको अनुसन्धान सकाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालया बुझाएको छ। मंगलबार ब्युरोले राय सहितको प्रतिवेदन बुझाएको हो।

१२ जनालाई प्रतिवादी बनाएर कारबाहीको माग गर्दै प्रतिवेदन प्रहरीले बुझाएको छ। घटनामा मुख्य अभियुक्त नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई बनाइएको छ। सो प्रतियगिताका लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

घटनामा प्रहरीले तीन जना खेलाडीलाई पक्राउ समेत गरेको छ। महबुब आलम र मोहम्मद आदिल आलम र नितेश गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।  

पुस ९ गतेदेखि २९ गतेसम्म भएको लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए। स्पट फिक्सिङमा विदेशी खेलाडीको पनि सहभागी देखिएको छ।

सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। प्रहरीका अनुसार फिक्सरहरुले एकै खेलमा पाँचजना खेलाडीलाई स्पट फिक्सिङका लागि 'अफर' गरेको खुलेको छ। जसमा तीनजना नेपाली र दुईजना विदेशी खेलाडी रहेका छन्।

अब सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनमा चित्त बुझेको खण्डमा अदालतमा मुद्दा दर्ता गराउने छ। त्यसपछि अदालतमा बहस हुन्छ। अनि मात्र अदालतले फैसला गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell