PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

स्कटल्याण्डद्वारा नामिबिया १० विकेटले पराजित



पहिलोपोस्ट

स्कटल्याण्डद्वारा नामिबिया १० विकेटले पराजित
फोटो : क्यान

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा बुधवार भएको खेलमा स्कटल्यान्ड विजयी भएको छ। नामिबियालाई १० विकेटले हराउँदै स्कटल्यान्ड विजयी भएको हो।

नामिबियाले पहिलो ब्याटिङ गर्दै ३९.२ ओभरमा १५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले २२.१ ओभरमा विकेट नगुमाउँदै १५७ रन बनाएको हो। स्कटल्याण्डलाई विजयी बनाउन जर्ज मुन्सेले ६१ बलमा अविजित १०३ रन बनाए। यस्तै, केल कोटचरले ७२ बलमा अविजित रहँदै ४६ रन बनाए।

हिजो भएको पहिलो खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell