PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

ल्होत्से मलबाट मोबाइल लुट्ने कसैलाई चिन्नु भएको छ भने हामीलाई जानकारी दिनुहोला : प्रहरी



पहिलोपोस्ट

ल्होत्से मलबाट मोबाइल लुट्ने कसैलाई चिन्नु भएको छ भने हामीलाई जानकारी दिनुहोला : प्रहरी

काठमाडौं : नयाँ बसपार्क क्षेत्रमा सोमवार मोबाइल लुटपाट गर्ने समूहका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुलाई पक्राउ गरी बुधवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसरको टोलीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दैलेख भगवती गाउँपालिका वडा नं. ३ का तारकेश्वर बस्ने वर्ष २४ की चिरन रेग्मी, काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने वर्ष ३५ को नविन खड्गी, रुपन्देही खैरेनी नगरपालिका ५ स्थायी घर भइ काठमाडौं वडा २६ बस्ने सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका वडा ४ घर भई हाल काठमाडौं वडा नं. १५ स्वयम्भु बस्ने प्रदिप बस्नेत रहेका छन्।

त्यस्तै घटनामा संलग्न अन्य १०/१२ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। त्यसमध्ये केहीलाई म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए। अहिले प्रहरीले घटना भएको समयमा भेटिएका सिसिक्यामरा फुटेज र अन्य कोणबाट प्रमाण संकलन गरेर अनुसन्धान गरिरहेको छ। त्यस्तै प्रहरीले घटनामा देखिएका फुटेजमा चिनेजानेका व्यक्ति भएर प्रहरीलाई जानकारी दिन पनि अनुरोध गरेको छ।

'यसरी चोरी गर्ने कोहीलाई चिनेको भए हामीलाई जानकारी दिनुहोला। जानकारी दिनेको परिचय गोप्य हुने छ,' एसएसपी कार्कीले भने।

पक्राउ परेका विरुद्ध चोरी तथा डाँका केसमा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell