काठमाडौंः सर्वोच्च अदालतले इलाम २ मा पुनः मतगणनाको माग अस्वीकार गरेको छ। नेपाली कांग्रेसबाट पराजित उम्मेदवार डम्बर खड्काले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश अस्वीकार गरेको हो। इलाम २ बाट पूर्वसभामुख सुवास नेम्वाङ विजयी भएका थिए।
धाँधली गरेर निर्वाचित भएको भन्दै खड्काले मंसिर २१ गते मुद्दा दायर गरेका थिए। बुधबार संवैधानिक इजलासले खड्काको मुद्दामा अन्तरिम अस्वीकार गरेको हो।
नेम्वाङ ३० हजार २० मत प्राप्त गरी विजयी भएका थिए। खड्काले २९ हजार ९०६ मत पाएका थिए।