काठमाडौंः स्रोत नखुलेको सम्पत्तिलाई कर तिराएर वैधानिकता दिनेगरी सरकारले प्रतिनिधि सभामा पेस गरेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विधेयकको राप्रपा नेपालका अध्यक्ष कमल थापाले विरोध गरेका छन्। बुधबार कानुनमन्त्री ध्रुवबहादुर प्रधानले विधेयक प्रतिनिधि सभामा पेस गरेका थिए। विधेयक गत शुक्रबार सचिवालयमा दर्ता भएको थियो।
थापाले भ्रष्टाचारको ठूलो विरोध गर्ने दलकै मन्त्रीले त्यस्तो विधेयक पेस गर्नु महाभ्रष्टाचार भएको बताएका छन्।
ट्वीटरमा थापाले लेखेका छन्, ‘भ्रष्टाचारको ठूलो विरोध गर्ने दल राप्रपाकै मन्त्रीबाट स्रोत नखुलेको सम्पति वैध बनाउने उद्देश्यका साथ ऐन संशोधन गर्न संसदमा आज विधेयक पेस गरेको सुन्दा दुस्ख र आश्चर्य लागेको छ। भ्रष्टाचार,अनियमितता वा अवैध ढंगले आर्जन गरेको सम्पति केही कर तिरेको भरमा वैध तुल्याउनु महाभ्रष्टाचार हो।'
भ्रष्टाचारको ठूलो विरोध गर्ने दल राप्रपा कै मन्त्रीबाट स्रोत नखुलेको सम्पति वैध बनाउने उद्देश्यका साथ ऐन संशोधन गर्न संसदमा आज विधेयक पेश गरेको सुन्दा दु:ख र आश्चर्य लागेको छ।
— Kamal Thapa (@KTnepal) February 15, 2023
भ्रष्टाचार,अनियमितता वा अवैध ढंगले आर्जन गरेको सम्पति केही कर तिरेको भरमा वैध तुल्याउनु महभ्रष्टाचार हो