PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा



पहिलोपोस्ट

आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा
Photo: Reuters

म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ। इमिरेट्स स्टेडियममा गएराति सम्पन्न सम्पन्न खेलमा घरेलु टोली आर्सनललाई १-३ गोलअन्तरले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।

खेलको २४ औं मिनेटमा केभिन डी ब्रुइनाको गोलमा सिटीले अग्रता बनाएको थियो। आर्सनलका टाकेहिरो टोमियासुको कमजोर ब्याकपासलाई अवसर बनाएर डी ब्रुइनाले गोल गरेका थिए। तर, ४२ औं मिनेटमा सिटीका गोलकिपरले फउल गरेपछि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै आर्सनल बुकायो साकाले खेल बराबरीमा ल्याए। ७२ औं मिनेटमा इल्के गुण्डोगनको पासमा गोल गर्दै ज्याक ग्रिलिसले फेरि सिटीको अग्रता बढाए। त्यस्तै तेस्रो गोल अर्लिङ हल्याण्डले ८२ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गरे।

जितसँगै २१ खेलबाट ५१ औं जोडेको सिटी शीर्षस्थानमा उक्लिएको छ। नोभेम्बरयता पहिलो पटक सिटी शीर्षस्थानमा फर्किएको हो। दोस्रो स्थानमा २० खेलबाट समान ५१ अंक जोडेको आर्सनल छ।

प्रिमियर लिगमै गएराति भएको अर्को खेलमा लिभरपुलले एभर्टनलाई २-० गोलले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell