PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ग्यास पड्किँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते, कीर्तिपुर अस्पतालमा उपचार हुँदै



पहिलोपोस्ट

ग्यास पड्किँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते, कीर्तिपुर अस्पतालमा उपचार हुँदै
फाइल फोटो।

काठमाडौं : खाना पकाउने ग्यास पड्किँदा नेपाली कांग्रेसका सांसद चन्द्र गम्भीर भण्डारी घाइते भएका छन्। सांसद भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी पनि घाइते भएको प्रहरीले जनाएको छ।

गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद काठमाडौंको बुद्धनगरमा बस्दै आएका छन्। बुधवार राति करिब साढे १० बजे ग्यास विस्फोट भएको थियो। घाइते दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गएराति गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पुगेर भेटेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell