PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

तीन नवनियुक्त कुलपतिले लिए पद तथा गोपनियताको शपथ



पहिलोपोस्ट

तीन नवनियुक्त कुलपतिले लिए पद तथा गोपनियताको शपथ
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : तीन जना नवनियुक्त कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बिहीवार बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

शपथ ग्रहण गर्नेहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन्। सो अवसरमा प्रधानमन्त्रीले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell