PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सांसद चन्द्र भण्डारी र आमालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरूले गरे सिफारिस



पहिलोपोस्ट

सांसद चन्द्र भण्डारी र आमालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरूले गरे सिफारिस
फाइल फोटो।

काठमाडौं : गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरूले सिफारिस गरेका छन्। बुधवार राति खाना पकाउने ग्यास पड्किँदा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी गम्भीर घाइते भएका छन्।

घाइते दुवैको कीर्तिपुरस्थित अस्पतालको सघन कक्षमा उपचारका लागि भर्ना गरिएको थियो। दुवै जनालाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लैजान चिकित्सकहरूले सिफारिस गरेको भण्डारीका भाइ मित्र भण्डारीले जानकारी दिए।

गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद काठमाडौंको बुद्धनगरमा बस्दै आएका छन्। बुधवार राति करिब साढे १० बजे ग्यास विस्फोट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell