जनकपुरधाम : मधेश प्रदेशसभाका समितिहरुले पूर्णता पाएको छ। प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ७ वटा समितिलाई पूर्णता दिइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश अन्तर्गत रहेको सार्वजनिक लेखा समिति, अर्थ तथा योजना समिति, प्रदेश मामिला समिति, विकास समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति, कृषि तथा भूमि व्यवस्था समिति र महिला बालबालिका तथा सामाजिक न्याय समितिलाई बुधवार बसेको प्रदेशसभाको बैठकले अनुमोदन गरेको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए।
कार्य व्यवस्था परामर्श समितिमा लखन दास तत्मा, हरिनारायण महतो, कुमरकान्त झा, जिवछीकुमारी यादव, रामअशिष यादव, चन्दनकुमार सिंह, रानीकुमारी तिवारी, रत्नेश्वर गोइत यादव, कञ्चन विच्छा, विमला अन्सारी तुं, उर्मिला देवी सिंह रहेका छन्। नेकपा माओवादीबाट सदस्य आउ नबाँकी रहेको सचिव यादवले जानकारी दिए।
सार्वजनिक लेखा समितिमा अभिराम शर्मा,उपेन्द्र महतो, कनिस पटेल,चन्दनकुमार सिंह, जनार्द्धन सिंह क्षेत्री, मञ्जुकुमारी थापा मगर, मनिषकुमार सुमन, युवराज भट्टराई, रामअशिष यादव, रेखा ठाकुर, लखन दास तत्मा, शंकरप्रसाद चौधरी, शेषनारायण यादव र हरिनारायण महतो रहेका छन्।
अर्थ तथा योजना समितिमा जंगीलाल राय, जयनवखातुन, दीपेन्द्रकुमार ठाकुर, प्रमोदकुमार यादव, फूलो कुमारी देवी, मालाकुमारी कर्ण, राजकुमारगुप्ता, रामबाबु यादव, श्यामप्रसाद पटेल, संजयकुमार महतो, सकिल मियाँ र सतिशकुमार सिंह रहेका छन्। भूमि व्यवस्था समितिमा अनिताकुमारी साह, कौशलकिशोर राय, निलमकुमारी रजक, पलटी देवी यादव, वच्चा राउत अहिर, रज्जी हैदर, मो. समिम, रमेशप्रसाद कुर्मी, लक्ष्मी देवी, सहिदा खातुन, शारदादेवी थापा, उर्मिला देवी सिंह सदस्य रहेका छन्।
त्यस्तै, प्रदेश मामिला समितिमा कृष्णप्रसाद यादव, जिवछीकुमारी यादव, त्रिलोकीप्रसाद, भरतप्रसाद साह, रमिता प्रधान, राजपति देवी जयसवाल, लालबाबु राउत, वीरेन्द्रप्रसाद सिंह, बेची लुङ्गेली, सरोजकुमार सिंह रहसिना खातुन रहेकी छन्। प्राकृतिक स्रोत तथा वातावरण समितिमा इन्दुकुमारी साह, गोविन्दबहादुर न्यौपाने, जितेन्द्रप्रसाद सोनार, त्रिभुव साह, देवनारायण थारु, नागेन्द्र साह, नुरुन नेसा, मनोजकुमार सिंह, विन्दुकुमारी यादव, शारदा पहाडी र ममता देवी मण्डल रहेका छन्।
महिला बालबालिका तथा सामाजिक न्याय समितिमा अञ्जना पण्डित, अनिरुद्धकुमार सिंह, किरण कुमारी, किशोरी देवी, कुमरकान्त झा, जयचन्दप्रसाद पटेल, फकिरा महतो, भाग्यश्री चौधरी, मञ्जुकुमारी मण्डल, रानीकुमारी तिवारी,रुपाकुमारी यादव, ललिता दास,विना देवीशर्मा र सकुन्ती देवीरहेका छन्।
विकास समितिमा शारदा शंकर प्रसाद कलवार, कञ्चन विच्छा, जयनुलराइन, जवाहरलाल कुशवाहा, प्रमोदकुमार जयसवाल, शोभादेवी, मो. समिर, मिनाकुमारी लामा,रत्नेश्वर गोइत यादव, रविन्द्रदास श्रेष्ठ, राजेन्द्रप्रसाद चौधरी थारु, राम सरोज यादव, शम्भुकुमार साह, सुनिलकुमार यादव र विमलाअंसारी तरुणु रहेका छन्।