PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

ग्यास लिक भएको ठाउँमा बत्ति बाल्दा विस्फोट भएको हुनसक्छ : चन्द्र भण्डारीकी कान्छी आमा



पहिलोपोस्ट

ग्यास लिक भएको ठाउँमा बत्ति बाल्दा विस्फोट भएको हुनसक्छ : चन्द्र भण्डारीकी कान्छी आमा

काठमाडौं : ग्यास विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनको आमा हरिकला भण्डारीको उपचार अहिले कीर्तिपुर अस्पतालमा भइरहेको छ। 

चन्द्र भण्डारीकी कान्छी आमाका अनुसार ग्यास विस्फोट हुँदा  घरमा चन्द्र र आमा हरिकला मात्र थिइन्। ग्यास लिक भएको ठाउँमा बत्ति जलाउँदा आगो लागेको उनले बताइन्।

भण्डारीलाई राति १०:३० बजे कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो। आमा हरिकलालाई भने बानेश्वरस्थित सिभिल अस्पतालबाट राति साढे ११ बजे तिर कीर्तिपुर पुर्‍याइएको थियो। अस्पताल ल्याउने बेलासम्म हरिकलाको जीउको अधिकांश भागमा गरि ७० प्रतिशत जलन भएको अस्पतालले जनाएको थियो।

भण्डारीको भने अनुहार, दुवै हात र गोडा गरि २५-३० प्रतिशत जलन भएको थियो। भण्डारीलाई भने थप उपचारका लागि मुम्बईस्थित नेश्नल बर्न अस्पताल लगिँदैछ।

चन्द्र भण्डारीकी कान्छी आमा मुना भण्डारीका अनुसार ग्यास विस्फोट हुँदा  घरमा चन्द्र र आमा हरिकला मात्र थिइन्। ग्यास लिक भएको ठाउँमा बत्ति बाल्दा आगो लागेको हुन सक्ने उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell