PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

चन्द्र भण्डारीकी आमा हरिकलाको निधन



पहिलोपोस्ट

चन्द्र भण्डारीकी आमा हरिकलाको निधन

काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। बुधवार राति बुद्धनगरस्थित घरमा ग्यास विस्फोट हुँदा चन्द्र भण्डारीसँगै उनकी आमा घाइते भएका थिए।

 चन्द्र भण्डारीलाई राति १०:३० बजे कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो। आमा हरिकलालाई भने बानेश्वरस्थित सिभिल अस्पतालबाट राति साढे ११ बजे तिर कीर्तिपुर पुर्‍याइएको थियो। अस्पताल ल्याउने बेलासम्म हरिकलाको जीउको अधिकांश भागमा गरि ७० प्रतिशत जलन भएको अस्पतालले जनाएको थियो।

गम्भीर अवस्थामा रहेकी हरिकलाको उपचारका क्रममा निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिइन्। उनका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उहाँको निधन भएको हो।

भण्डारीको भने अनुहार, दुवै हात र गोडा गरि २५-३० प्रतिशत जलन भएको थियो। भण्डारीलाई भने थप उपचारका लागि मुम्बईस्थित नेपाल बर्न अस्पताल लगिँदैछ। भण्डारीलाई एम्बुलेन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र त्यहाँबाट श्री एयरलाइन्सको विमानबाट मुम्बई लगिने तयारी भएको छ। कागजी प्रक्रिया पूरा गर्न अहिले अस्पतालमा बैठक बसिरहेको छ।

चन्द्र भण्डारीकी कान्छी आमाका अनुसार ग्यास विस्फोट हुँदा  घरमा चन्द्र र आमा हरिकला मात्र थिइन्। ग्यास लिक भएको ठाउँमा बत्ति बाल्दा आगो लागेको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell