PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

चन्द्र भण्डारीलाई मुम्बई लगिँदै, प्रक्रिया पूरा गर्न अस्पतालमा बैठक



पहिलोपोस्ट

चन्द्र भण्डारीलाई मुम्बई लगिँदै, प्रक्रिया पूरा गर्न अस्पतालमा बैठक

काठमाडौं : ग्यास सिलिन्डर विस्फोट हुँदा  गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान तयारी भइरहेको छ।

अहिले उनको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। घाइते सांसद भण्डारीलाई उपचारको लागि भारतको मुम्बई लग्ने तयारी भइरहेको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल बर्न हस्पिटल लग्ने तयारी भइरहेको हो।

भण्डारीलाई एम्बुलेन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र त्यहाँबाट श्री एयरलाइन्सको विमानबाट मुम्बई लगिने तयारी भएको छ। कागजी प्रक्रिया पूरा गर्न अहिले अस्पतालमा बैठक बसिरहेको छ।

बुधवार राति ग्यास विस्फोट हुँदा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। चन्द्र भण्डारीकी आमाको भने उपचारका क्रममा निधन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell