PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

गोंगबुको ल्होत्से मलमा मोबाइल लुटपाट गर्ने थप तीन जना समातिए, चोरी गर्नेहरुमा गाडी सहचालक देखि मजदुरसम्म



पहिलोपोस्ट

गोंगबुको ल्होत्से मलमा मोबाइल लुटपाट गर्ने थप तीन जना समातिए, चोरी गर्नेहरुमा गाडी सहचालक देखि मजदुरसम्म

काठमाडौं : सोमबार नयाँ बसपार्क क्षेत्रमा मोबाइल लुटपाट गर्ने, प्रहरीको भ्यानमा आगजनी गर्ने थप मानिसलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप १२ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काभ्रे घर भएका १९ वर्षीय सुरज मगर (ताप्ले), उदयपुर घर भएका ३० वर्षीय रितेश बस्नेत  र मोरङ बेलबारीका ३० वर्षीय यमन राई लगायत रहेका छन्। पक्राउ परेका मगर सहचालक हुन्। बस्नेत र राई भने ज्याला मजदुरी गर्ने भएको खुलेको छ।

बुधबार मात्र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोगंबुको ल्होत्स महलमा रहेको पसलमा चोरी गर्ने चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।

पक्राउ पर्नेमा दैलेख भगवती गाउँपालिका वडा नं. ३ का तारकेश्वर बस्ने वर्ष २४ की चिरन रेग्मी, काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने वर्ष ३५ को नविन खड्गी, रुपन्देही खैरेनी नगरपालिका ५ स्थायी घर भइ काठमाडौं वडा २६ बस्ने सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका वडा ४ घर भई हाल काठमाडौं वडा नं. १५ स्वयम्भु बस्ने प्रदिप बस्नेत रहेका छन्। उनीहरुलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

प्रहरीले चोरीमा संलग्न अन्यलाई पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै प्रहरीको गाडीमा तोडफोड तथा आगजनी गर्ने थप १२ जनलाई पनि पक्राउ गरिएको छ।

अहिले प्रहरीले घटना भएको समयमा भेटिएका सिसिक्यामरा फुटेज र अन्य कोणबाट प्रमाण संकलन गरेर अनुसन्धान गरिरहेको छ। त्यस्तै प्रहरीले घटनामा देखिएका फुटेजमा चिनेजानेका व्यक्ति भए प्रहरीलाई जानकारी दिन पनि अनुरोध गरेको छ। त्यस्तै सोमबार भएको घटनाको छानविन गर्न डिआइजी सउद आलम खाँको  नेतृत्वमा समिति पनि गठन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell