PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कीर्तिपुरबाट विमानस्थल लगियो सांसद भण्डारीलाई, थप उपचारका लागि भारत लगिँदै



प्रकाश भण्डारी

कीर्तिपुरबाट विमानस्थल लगियो सांसद भण्डारीलाई, थप उपचारका लागि भारत लगिँदै

काठमाडौं : ग्यास लिकपछि आगलागीमा परी जलेर घाइते भएका सांसद एवं कांग्रेस नेता चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिँदैछ। बुधवार राति काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा आगलागीमा परी घाइते भएका भण्डारीलाई उपचारका लागि राति नै कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो।

यहाँ उपचार सम्भव नभएपछि अस्पतालले मुम्बईको नेसनल बर्न सेन्टरमा लैजान रिफर गरेको हो। भण्डारीलाई नर्भिक अस्पतालको आइसियुसहितको एम्बुलेन्समार्फत त्रिभुवन विमानस्थलतर्फ लगिँदैछ। उनलाई श्री एयरलायन्सको एअर एम्बुलेन्समार्फत भारत लगिने भएको हो। गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको अनुहारको भाग जलेको बताइएको छ।

उनको निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell