PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

ग्यास विस्फोट हुँदा दाङमा २ जना घाइते



पहिलोपोस्ट

ग्यास विस्फोट हुँदा दाङमा २ जना घाइते
प्रतीकात्मक फोटो

बुटवल : दाङमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा २ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरा स्थित कृषि बिउ उत्पादन कम्पनीमा बिहीवार ग्यास सिलिन्डर बिस्फोट हुँदा सोही ठाउँका ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भइ सोही ठाउँ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन्।  

खाना पकाउने क्रममा ग्यास लिक हुँदा सिलिन्डर बिस्फोट भएको हो। केसीको कम्मर मुनिको भाग जलेको छ भने खनालको दुबै हात र खुट्टा जलेको प्रहरी निरीक्षक केसीले बताए। घाइते केसीलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। उनको अवस्था गम्भीर रहेको छ। खनालको अवस्था भने, मध्यम रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell