PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अनेरास्ववियुमा कसको नेतृत्व? विद्युतीय मेसिनबाट मतदान हुँदै

अनेरास्ववियुमा कसको नेतृत्व? विद्युतीय मेसिनबाट मतदान हुँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले नयाँ कार्यसमितिका लागि मतदान हुँदैछ।

बिहानै मतदान सुरु गर्ने भनिए पनि दिउँसोमात्रै मतदान प्रक्रिया सुरु भएको थियो। विद्युतीय मतदान मेसिनबाट अहिले मतदान भइरहेको छ। उम्मेदवारहरु प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधिहरुसँग मत मागिरहेका छन्।

नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव बडाल प्रतिष्पर्धामा रहेका छन्। 

महाधिवेशनले आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ।

महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन्।



ट्रेन्डिङ पोस्ट

Ncell