PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस एमालेलाई नै सरकार चलाउन मुस्किल छ, लोकप्रिय नाराले देश चल्दैन : प्रकाशमान सिंह



पहिलोपोस्ट

कांग्रेस एमालेलाई नै सरकार चलाउन मुस्किल छ, लोकप्रिय नाराले देश चल्दैन : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले देश चलाउन नसकिने बताएका छन्। विजय स्मारक माध्यामिक विद्यालयको ६७ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन्।

'कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन सक्दैन,' उनले भने। 

सिंहले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको धारणा राखे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दे यस्तो भनेका हुन्। राजनीतिमा स्थापीत हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ।

त्यस्तै सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन गाह्रो भएको बताए। जनताले नै मिलिजुली सरकार बनाउने 'म्याण्डेट' दिएको भन्दै उनले यस्तो अवस्थामा दलहरु पनि त्यही अनुसार बढ्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell