PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

शनिवार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



पहिलोपोस्ट

शनिवार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। यही फागुन ७ गते शनिबार बस्ने गरि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो।

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका एजेण्डाहरूमा बैठक केन्द्रित हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा फागुन ७ गते बस्ने उक्त बैठकले राष्ट्रपति चुनावको विषयमा पनि छलफल गर्ने जनाइएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell