PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

'प्रिमियर शो'मा फूलबारीलाई सेलिब्रेटीको साथ, दर्शकले पनि मन पराउने विपिनको विश्वास



पहिलोपोस्ट

'प्रिमियर शो'मा फूलबारीलाई सेलिब्रेटीको साथ, दर्शकले पनि मन पराउने विपिनको विश्वास

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म फूलबारीको ‘प्रिमियर शो’ सम्पन्न भएको छ। बिहीवार काठमाडौको बिग मुभिजमा भएको ‘प्रिमियर शो’ मा फिल्मलाई सेलिब्रेटीहरुबाट सकारात्मक प्रतिक्रिया मिलेको छ।

उक्त प्रिमियर शोमा निशा अधिकारी, आयुश्मान देशराज जोशी, मिरुना मगर, सिर्जना सुब्बा, लुनिभा तुलाधर, सरिता गिरी, विजय बराल, निर्देशकद्वय दिपेन्द्र लामा, दीपेन्द्र के खनाल लगायतका सेलिब्रेटीहरुको उपस्थिति थियो।

त्यसैगरी, फिल्मका निर्देशनक गुरुङ, लेखक उपेन्द्र सुब्बा, सङ्गितकार कालिप्रसाद बास्कोटाका साथै कलाकारहरू  विपिन कार्की,  प्रियंका कार्की, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल लगायतको उपस्थिति थियो।

प्रिमियरमा उपस्थित भएका अधिकांश कलाकारहरुले फिल्मले भावुक भएको प्रतिक्रिया दिएका थिए। कलाकार लुनिभा तुलाधरले दर्शकलाई बाँधेर राख्न सक्ने निकै राम्रो फिल्म बनेको बताइन्। आँसु रोक्न खोज्दा खोज्दै पनि भावुक बनेको उनको भनाई थियो।

त्यसैगरी, आयुश्मानले फिल्मको सम्पुर्ण टिमले निकै राम्रो काम गरेको बताए। उनले श्रीमति प्रियंका पनि आफ्नो पात्रमा ‘फिट’ रहेको बताए। मिरुना मगरले परिवार नै बसेर हेनुपर्ने फिल्म बनेको र सबै दर्शकलाई हलमा आउन आग्रह गरिन।

'फूलबारी' पुर्णतया पारिवारिक फिल्म बनेको निर्देशक दीपेन्द्र के खनालले बताए। 'मलाई फिल्म मन पर्‍यो। एउटा कमप्लिट फ्यामिली फिल्म बनेको छ। छुटेका परिवारलाई जोड्ने फिल्म बनेको छ। विपिन, दया, प्रियंका र सबै कलाकारको राम्रो अभिनय छ। फिल्मको सिनेमाटोग्राफी र साउण्ड पनि राम्रो लाग्यो। धेरै पछि पारिवारिक माहोल कस्सिएको फिल्म हेर्न पाइयो,' उनले भने।

अभिनेत्री निशा अधिकारीले पनि विपिनको अभिनयको तारिफ गर्दै फिल्मको स-सानो कुराले मन छुने बताइन्। सबै  कलाकारहरूले राम्रो अभिनय गरेको भन्दै फिल्मको कथालाई दर्शकले मन पराउने विपिनको विश्वास छ।

यो फिल्म शुक्रबारबाट देशभरि नै प्रदर्शनमा आएको छ। यशोदा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनिष ढकाल हुन्। कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell