काठमाडौं : कीर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा सट्टेबाजी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सट्टेबाजी गरेको अभियोगमा एक जनलाई नियन्त्रणमा लिएको हो।
स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। पछिल्लो समय क्रिकेट खेलमा सट्टेबाजी र म्याच फिक्सिङका घटना बाहिरिएपछि प्रहरीले सुक्ष्म रुपमा निगरानी गरिरहेको छ।
केही दिनअघि मात्र व्यूरोले नेपाल टी-२० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाको अनुसन्धान सकाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालया बुझाएको छ। मंगलवार ब्युरोले रायसहितको प्रतिवेदन बुझाएको थियो।
१२ जनालाई प्रतिवादी बनाएर कारबाहीको माग गर्दै प्रतिवेदन प्रहरीले बुझाएको छ। घटनामा मुख्य अभियुक्त नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई बनाइएको छ।