PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

आजदेखि मण्डला थिएटरमा ‘फिरफिरे’ उपन्यासबाट प्रेरित नाटक ‘मुनमुन’ मञ्चन हुने



पहिलोपोस्ट

आजदेखि मण्डला थिएटरमा ‘फिरफिरे’ उपन्यासबाट प्रेरित नाटक ‘मुनमुन’ मञ्चन हुने

काठमाडौं : शुक्रवारदेखि थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मुनमुन’ मञ्चन हुने भएको छ। साहित्यकार तथा लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’बाट प्रेरित यो नाटक बुधवार साँझ ५ बजेबाट मञ्चन हुनेछ।

‘मुनमुन’मा सम्राट भुजेलको लेखन तथा निर्देशन रहेको छ। मुनमुन नाटक ‘फिरफिरे’का पात्रहरूको वरिपरि घुम्ने बताइएको छ।

यस नाटकमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रविन खरेल, सन्तोष गिरी, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय छ।

श्रीशेष श्रेष्ठको सह-निर्देशन तयारमा बनेको नाटकमा किशोर महर्जनको संगीत छ। यो नाटक फागुन २० गतेसम्म मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell