PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ककनीको बरबन्दीमा 'एक घर - एक धारा' आयोजना सम्झौता



पहिलोपोस्ट

ककनीको बरबन्दीमा 'एक घर - एक धारा' आयोजना सम्झौता

काठमाडौं : नुवाकोटको ककनी गाउँपालिकास्थित वडा ७ को बरबन्दीमा एक घर एक धारा कार्यक्रमका लागि सम्झौता भएको छ। गाउँपालिकासँगको सहकार्यमा 'लिभिङ वाटर नेपाल' संस्थाको अनुदानमा शुक्रवार सम्झौता भएको हो।

'यहाँका ११६ घरधुरीका लागि एक घर एक धारा खानेपानी सम्झौता भएको छ। खानेपानी समस्याको व्यवस्थापनका लागि यसले सहयोग हुने आश गरेका छौं,' वडा ७ का अध्यक्ष रामकृष्ण तामाङले भने। आयोजनामा संस्थाका निर्देशक विजय गुरुङ र वडाध्यक्ष तामाङले सम्झौतामा हस्ताक्षर गरे।

वाटर नेपालको १८ लाख ७५ हजार बढी सहयोगमा आयोजना बन्न लागेको हो। आयोजना दुई महिनामा बनिसक्ने वडाध्यक्ष तामाङले बताए। 'सम्झौता भएसँगै प्रक्रिया अघि बढेको छ। दुई महिनाभित्रमा सकाउने हाम्रो योजना हो,' वडाध्यक्ष तामाङले भने।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell