PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

लिस्कको शतकमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य



पहिलोपोस्ट

लिस्कको शतकमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ: त्रिकोणात्मक सिरिज अन्तर्गत आज जारी खेलमा स्कटल्याण्डले नेपाललाई २ सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको जारी खेलमा स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डका लागि मिचेल लिस्कले शतकीय पारि खेल्दै सर्वाधिक अविजित १०७ रन बनाए। एकदिवसीय करियरको यो उनको पहिलो शतक हो। त्यस्तै ज्याक जार्भिसले २६, क्रिस्टोफर म्याकब्रिड र ब्रान्डन म्याकमुलनले समान २२ रन बनाउँदा म्याक वाटले २० रन बनाए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा कुशल भुर्तेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell