PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

नेपालको ब्याटिङअघि टीयू क्रिकेट मैदानको पर्खाल नाघ्दै दर्शक...

नेपालको ब्याटिङअघि टीयू क्रिकेट मैदानको पर्खाल नाघ्दै दर्शक...

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : त्रिवि क्रिकेट मैदानमा स्कटल्याण्ड र नेपालबिच एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा चलिरहेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले नेपाललाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो।

नेपालको ब्याटिङअघि त्रिवि क्रिकेट मैदान परिसर बाहिरको पर्खाल नाघेर दर्शकहरु मैदान परिसरमा प्रवेश गरेका थिए। स्कटल्याण्डको ब्याटिङ पर्खाल बाहिरबाट हेरेका उनीहरु नेपालको ब्याटिङअघि पर्खाल नाघेर भित्र प्रवेश गरेका हुन्।

नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell