PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

राष्ट्रपतिमा कांग्रेसको दाबी स्वाभाविक : प्रकाशमान सिंह



पहिलोपोस्ट

राष्ट्रपतिमा कांग्रेसको दाबी स्वाभाविक : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्। शुक्रवार नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन्।

संसदमा नेपाली कांग्रेस पहिलो दल भएकोले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक भएको उनको तर्क रह्यो। 'सन्तुलनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,´ सिंहले भने।

त्यसैगरी नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताए। उनले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए। कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका भने धेरै काम गर्न बाँकी रहेको सिंहको भनाई थियो।

`जादूको छडी त कोहीसँग छैन। अहिलेका व्यवस्थालाई संस्थागत गर्न नेपालको राजनीति केन्द्रीत भइरहेको हामीले मनन् गर्नुपर्छ,´ सिंहले भने,` आलोचना गर्नु राम्रो कुरा हो। असन्तुष्ट हुँदै गर्दा सन्तुष्ट हुनलाई के हुनुपर्छ पनि त भन्नुपर्‍यो नि।´

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell